
मुम्बई । रमाइलो गर्न होटल पुगेकी एक युवतीको यौन शक्ति बढाउन सुई (इन्जेक्सन) प्रयोग गर्दा ज्यान गएको छ। भारत महाराष्ट्रको भिवंडी सहरमा आफ्नो प्रेमीसँग रमाइलो गर्न होटल पुगेकी २८ वर्षीया युवतीको औषधिको ओभरडोजले ज्यान गएको भारतीय संचारमाध्यममा आजतकले खबर प्रसारण गरेको छ ।
प्रेमी जोडी होटलमा कोठा लिएर बसेको र त्यसक्रममा युवतीले यौन शक्ति बढाउने सुई लगाएकी थिइन्। सुई लगाए लगतै केटि छटपटाउन थाले पछि प्रेमी होटल छोडेर भागेको बताईएको छ । अर्डर लिन पुगेका वेटरले युवतीलाई बेहोस देखेपछि म्यानेजरलाई जानकारी गराई अस्पताल लगिएको थियो।
रमाइलो गर्न होटल पुगेका प्रेमी भने फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। दुबैले होटलमा कोठा लिएर बसेका थिए। त्यसक्रममा युवतीले यौन शक्ति बढाउने सुई लगाएकी थिइन्। अस्पताल पुर्याइए लगतै युवतीले आफ्नो नाम र ठेगाना बताएपछि केही बेरमै मृत्यु भएको बताइएको छ। प्रहरीले घटना लगतै प्रेमीको खोजी तिब्र रुपमा सुरु गरेको छ ।
भिडियो सहित हेर्नुहोस !
No comments:
Post a Comment