सरकारले तोक्यो विदेश पठाउने र विदेशबाट ल्याउने रकमको सीमा



काठमाडौं – सरकारले नेपालबाट विदेश लैजान वा विदेशबाट कार्गो कुरियर हुलाकलगायत माध्यमबाट नेपाल ल्याउन पाइने रकमको सिमा तोकेको छ । आजदेखि लागू हुने गरि ५ हजार रुपैयाँ वा ५ हजार डलर मात्रै विदेश लैजान वा ल्याउन सक्ने सिमा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २९ क अनुसार व्यक्तिले विदेश जाँदा वा विदेशबाट आउँदा कार्गो, कुरियर, हुलाकलगायत माध्यमबाट नेपाली रुपैयाँ ५ हजार र अमेरिकी डलर ५ हजारसम्ममात्र ल्याउन वा लैजान पाउनेछ ।यसरी लैजाने वा ल्याउने रकममा भन्सार अधिकृतले स्वीकृती दिएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडाैं । तीव्र गतिका कारण अत्यधिक दुर्घटना बढ्न थालेपछ भक्तपुरकाे जगातेदेखि काेटेश्वरसम्मकाे ८ लेन सडकमा महानगरीय ट्राफिक महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागु गर्ने भएको छ ।उपत्यकाको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न महाशाखाले सवारीसाधन प्रतिघण्टा ४० किलोमिटरकोगतिमा गुड्नुपर्ने (टाइम कार्ड) लागु गर्ने भएको हो ।टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधनले ४० किलोमिटरको गतिमा गुड्नुपर्ने हुन्छ । यस्तै महाशाखाले भोलिदेखि जगाते–कोटेश्वर

सडक खण्डको बाँयातर्फ मालबाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन गर्ने समेत योजना बनाएको छ ।महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ आगेपुरमा बाटोमा पानी बगाएको विषयमा दुई समूहबीच झै झगडा हुँदा तीन महिलासहित ११ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा महिलातर्फ जलेश्वर–९ आगेपुर बस्ने २६ वर्षीया नगिना खातुन, १६ वर्षीया अप्सना खातुन, ४० वर्षीया रसिदा खातुन रहेका छन् ।

त्यस्तै पुरुषतर्फ ३० वर्षीय साजिर कवारी, ५१ वर्षीय जैनुल कवारी, ११ वर्षीय सजिबुल राईन, २० वर्षीय महमुद राईन, ४० वर्षीय मुनिफ राईन, ४५ वर्षीय अजिम राईन, ५५ वर्षीय हलिम राईन र ४९ वर्षीय मुकिम राईन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
राति १०ः३० बजे घरेलु हात हतियारसहित भएको सो घटनामा टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न अंगमा घाउ चोट लागेर गम्भीर घाइते भएकाको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ

अब ४५ मिनेटपछि सुरु इंल्याण्ड र पानामाबीचको खेल, इंल्याण्डलाई हराएर इतिहास रच्ने पानामाको योजना



विश्वकप फुटवलमा आज इंल्याण्ड र पानामाबीच खेल हुँदैछ । आज पाँच बजेर ४५ मिनेटपछि सुरु हुने खेलमा इंल्याण्ड र पानामाबीच खेल हुन लागेको हो । रुसमा जारी विश्वकपको पहिलो खेलमा ट्युनिसियालाई पाखा लगाएको इंग्ल्याण्डले बेल्जियमसँग ३—० ले पराजित भएको पानामासँग खेल्न लागेको हो ।

समूह ‘जी’ मा ट्युनिसियाविरुद्ध हृयारी केनले ११ औं मिनेटमा गरेको गोलले अग्रता बनाए पनि इंग्लाण्ड ३५ औं मिनेटमा बराबरीमा पुगेको थियो । केनले नै थपिएको समयमा गोल गर्दै अघिल्लो चरणको सम्भावना बलियो बनाएका थिए ।

चार लाख जनसंख्या रहेको पानामा विश्वकपसम्म आइपुग्नु नै ठूलो उपलब्धी हो । यस्तोमा राम्रा मानिएका टोलीविरुद्ध चुनौती पेश गर्न सके पानामाको विश्वकप सार्थक हुनेछ ।

पहिलो खेलमा कमजोर बनेको पानामाका लागि इंग्ल्याण्डको युवा टोलीलाई रोक्ने चुनौती छ । इंग्ल्याण्डले जित निकाले अन्तिम १६ मा स्थान पक्का हुनेछ । पानामाको डिफेन्स लाइन र उत्कृष्ट थ्रोइङ इंग्ल्याण्डका लागि चिन्ताको विषय बनेको छ । पानामाका डिफेन्डर एडोल्फो माचाडोको उत्कृष्ट थ्रोइङ फ्री किक बराबर हुन्छ ।

बेल्जियम र इंग्ल्याण्ड जस्तो राम्रो मानिएको समूहमा पानामा आफ्नो पहिलो विश्वकपमा छ । फिफा वरियतामा ५५ औं स्थानमा रहेको पानामा अन्तिम छनोट खेलमा कोस्टारिकालाई २—१ ले हराएर विश्वकपमा आएको हो ।

सन् २०१४ को विश्वकप र २०१६ को युरोकप हेर्दा इंग्ल्याण्ड टिमको आलोचना हुने गरे पनि यो पटक निकै भिन्नता देखिएको छ । विश्वकपमा इंग्ल्याण्ड ६ पटक क्वार्टरफाइनल र १ पटक सेमिफाइनलमा पराजित भएको छ ।

विश्वकप छनोटमा इंग्ल्याण्डले ८ खेल जितेको थियो भने दुई खेल बराबरी गरेको थियो । जसमा १८ गोल गरेको इंग्ल्याण्डले ३ गोल खाएको थियो । इंग्ल्याण्डले अहिलेसम्म विश्वकपमा २७ खेल जितेको छ ।

२० खेल बराबरी गरेको छ । १६ खेल हारेको छ । जसमा ८१ गोल गरेको छ भने ५७ गोल खाएको छ । पानामाले पछिल्लो ११ खेलमा एक खेल मात्रै जितेको छ । दुई खेल बराबरी गरेको छ भने ८ खेल हारेको छ । पानामाले विश्वकप छनोटमा ३ खेल जितेको थियो । ४ खेल बराबरी गरेको उसले ३ खेल हारेको थियो । जसमा ९ गोल गरेको थियो भने १० गोल खाएको थियो ।

यसपटक युवा टोली लिएर विश्वकप खेलिरहेको इंग्ल्याण्डले सन् १९५० बाट विश्वकप खेल्न थालेको हो । इंग्ल्याण्डले सन् १९६६ को विश्वकप जितेको थियो । त्यसपछि आधुनिक फुटबलमा इंग्ल्याण्डको चर्चा भइरहे पनि विश्वकपमा उल्लेख्य खेल देखाउन सकेको छैन ।

मेस्सीलाइ श्रीमतीको भावुक सन्देश || अन्तीम खेलमा मेस्सी कम्पनीकों आक्रमक रणनिती (भिडियो)-



Kathmandu, 24th June: Argentina have been back in training as they prepare for their crucial World Cup clash against Nigeria on Tuesday. Manager Jorge Sampaoli has been spotted carrying a notebook which appeared to contain his plans for their game. Sampaoli is under massive pressure after Argentina’s 3-0 defeat to Croatia and it looks like he’s planning on big changes to his team.

Reports in Argentina suggest he could go with the following team: Franco Armani; Salvio or Mercado, Otamendi, Rojo, Tagliafico; Enzo Pérez, Mascherano, Banega; Messi, Higuaín and Di María. No matter the starting line-up on Tuesday the focus will all be on Lionel Messi and whether he can guide Argentina into the next round.

५० वर्ष काटेकी तर १६ वर्षे जवानी देखिने चीनको ‘हट मदर’ येलिन, हेर्नुहोस् ५ तस्बिरमा

मानिस सबै एकै खालको हुँदैनन् । कुनै ३० वर्ष कटेपछि बुढ्यौली पनाले छाई हाल्छ । कम उमेरमै बुढो देखिनुको कारण कारण भने छाला हो । कुनै मान्छे ५० वर्ष कटिसक्दा पनि जवानी झैँ देखिन्छन् ।
आज हामी त्यस्तै ५० वर्ष काटेकी तर, १६ वर्षे जस्ती जवानी देखिने चिनियाँ लिउ येलिनको केही तस्बिर प्रस्तुत गर्ने छौँ । येलिन चीनमा हट मदर नामले परिचित रहेकी छिन् । उनी उमेरले ५० कटी सकेकी छिन् । उनको बिकिनी अवतारमा आफ्नो तस्बिर सार्वजनिक भएको छ । जसले सुन्दरता र उमेरको परिभाषालार्इ पुर्नलेखको सङ्केत दिन्छ । हेर्नुहोस् येलिनको  तस्बिर

नव नायिका खुशी घिसिङ् बेस्ट मोडेल अवार्डको टप ५ मा पर्न सफल, अब हाम्रै भोटको खाँचो

अनलाइन पत्रिका ओएसनेपाल डटकमले आयोजना गर्दै आएको ओएसनेपाल म्युजिक भिडियोको “Best selo model”  अवार्डको दोश्रो सस्करणको टप ५ मा  नवनायीका  खुशी घिसिङ् पर्न सफल भएकी छिन् ।हेतुले गर्दै आएको ओएसनेपाल म्यूजिक अवार्डको दोश्रो सस्करणमा एस पटक ७२ ओटा विधामा समेटिएको जनाएको छ। नेपालमा हाल सम्मकै सर्बाधिक विधा समेटिएको अवार्डको रुपमा ओएसनेपाल म्यूजिक अवार्ड पर्दछ।
गत बर्ष जस्तै यो पटक पनि हुन लागेको अवार्डले संगीत क्षेत्रमा योगदान पुर्याउनुहुने बिभिन्न व्यक्तिहरुलाई र Best Model हरुलाई सम्मान गर्ने र उक्त सम्मानलाई निरन्तरता दिने अवार्डका संयोजक बिबेक कार्कीले जानकारी दिनु भयो। अवार्ड कहिले हुने र कहाँ हुने भन्ने जानकारी भने केहि दिनमै सार्बजनिक गर्ने बताएका छन् ।

ऐश्वर्या गर्भवती भएपछि निर्देशक डिप्रेसनमा !.



२०११ मा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका कारण चर्चित निर्देशक मधुर भन्डारकर डिप्रेसनको सिकार भएको कुरा भारतीय मिडियाले उल्लेख गरेका छन् ।

ऐश्वर्या र मधुरबीचको विवादले भारतीय मिडियामा त्यसवेला पनि निकै स्थान पाएको थियो । मधुरले त्यसवेला आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई साइन गराएका थिए ।

ऐश्वर्याले फिल्म त साइन गरेकी थिइन्, तर उनी गर्भवती भएको कुरा बताएकी थिइनन् । भन्डारकरको पहिलो रोजाइमा थिइन्, ऐश्वर्या ।

निर्देशक मधुरले उक्त फिल्म बनाउन डेढ वर्षदेखि रिसर्च गरेका थिए । निर्देशक मधुरको यो फिल्म ड्रिम प्रोजेक्ट थियो ।

जब निर्देशक मधुरले ऐश्वर्या गर्भवती भएको थाहा पाए, तब उनले ऐश्वर्यालाई फिल्मबाट निकालिदिए । त्यसपछि निर्देशक मधुर डिप्रेसनको सिकार भएका थिए ।

डाेकाे बेच्न भनि हिँडेका वृद्धको यसरी बिजुलीकाे तारले ज्यान लियाे.



रामेछाप । जिल्लाको सुनापती गाउँपालिकामा करेन्ट लागेर एकजना वृद्धको ज्यान गएको छ । सुनापति गाउँपालिका–१ का गुन्सी ढोडेनीमा भुँइमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर दोरम्बा गाउँपालिका–५, गुराँसेका ७० वर्षीय पासाङ तामाङको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले डोको बेच्न हिँडेका तामाङको किसान जागरण समूह गुन्सीले उत्पादन गरेको विद्युतको लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।

स्थानीयले किसान जागरण समूह गुन्सीको लापरबाहीका कारण घटना घटेको आरोप लगाएका छन् । बिजुलीको पोल ढलेर विद्युत्तीय तार लत्रिँदासमेत स्थानीय सरकार र किसान जागरण बेखबर बनेको भन्दै उनीहरुले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।
स्रोत: अनलाइनखबर bata

मन्दिरमा दलित महिला पुजारी.



छुवाछुत अपराध मानिए पनि देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ । तर, दाङमा यस्तो मन्दिर छ जहाँ दलित महिला नै पुजारी छिन् । स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेका छन् । ‘उपल्लो जात’का मानिस उनीबाटै आशीर्वाद लिन्छन् ।

घोराही उपमहानगरपालिका–१८ स्थित नागेश्वर महादेव मन्दिरमा स्थानीय पार्वती विश्वकर्मा पुजारी भएर काम गरिरहेकी छिन् । भारतमा जन्मिएकी पार्वती तीन वर्षअघि तीन छोरी र श्रीमान्का साथ नेपाल आएकी थिइन् । ४१ वर्षीया पार्वती नेपाल आएर स्थायी रूपमा बस्ने गरी जग्गा किनेकी थिइन् । उनी तीन वर्षदेखि मन्दिरमा पुजारी बनेकी छिन् ।

सबै स्थानीयले स्विकारे पार्वतीलाई
अहिले मन्दिरमा पूजा गर्न दिनहुँ सयौँको भिड लाग्छ । मंगलबार र बुधबार साँझ नागले दर्शन दिने विश्वासमा मन्दिरमा पुग्ने गरेका छन् । यो क्षेत्रमा क्षेत्री र ब्राह्मण समुदायको बसोवास रहेको छ । स्थानीय सुदीप गौतमका अनुसार सुरुमा कतिपयले पार्वतीलाई दलित भएकै कारण पुजारी स्विकार्न मानेका थिएनन् । तर, भगवान्प्रतिको उनको अगाध विश्वास र समर्पणलाई देखेर सबैले स्विकारेका छन् । गौतमले अहिले त्यस्तो कुनै पनि किसिमको भेदभाव नभएको बताए ।

आशीर्वाद लिन भिड
मन्दिरभित्र प्रवेश गर्दा पूरै शरीर ढाक्ने पहेँलो वस्त्र लगाएकी, निधारमा पनि पहेँलै फेटा बाँधेकी, घाँटीमा रुद्राक्ष माला लगाएकी पुजारी पार्वती विश्वकर्मा भेटिन्छन् । मन्दिर पुगेका सबैले उनीसँग आशीर्वाद मागेर फर्कन्छन् । पार्वती भक्तजनको पूजा गराइदिने र टीका लगाएर आशीर्वाद दिन्छिन् । दर्शन गर्न आउने कसैले पनि उनलाई जात, थरबारे सोध्दैनन् । पार्वती आफैँ पनि जातभातको कुरा मान्दिनन् । ‘खै, भगवान्ले त यस्तो जातपात बनाएकै छैनन्, मलाई पनि त्यस्तो लाग्दैन,’ उनी भन्छिन् ।

पार्वती यसरी बनिन् पुजारी
पार्वतीका अनुसार उनी दाङ आएको वर्ष गाउँको सिरानको गोरेटो बाटोछेउको चट्टानको प्वालमा पहेँलो रङका दुईवटा सर्प देखिए । ती सर्प त्यही प्वालभित्र पसे । पार्वती त्यही समयमा नजिकैको खोलामा नुहाउँदै थिइन् । एकाएक उनी सर्पकै तालमा शरीर ढाल्दै बर्बराउन थालिन् । ‘मलाई नफर्काऊ, म स्वर्गद्वारीबाट आएको हुँ, मलाई यहीँ बस्न देऊ’ जस्ता शब्द बोल्दैै उनी नागबेली शैलीमा लडिबुडी गर्न थालिन् । जुरुक्क उठेर नाग भएको ठाउँमा पूजाआजा गर्न थालिन् । स्था

नीयलाई लाग्यो उनको शरीरभित्र ‘नागदेवता’ चढेछन् । पार्वतीमाथि ‘देवताको कृपा’ भएको भन्दै स्थानीयले मन्दिर बनाइदिने वाचा गरे । सोही स्थानमा पार्वतीकै पहलमा दाताहरूको सहयोगबाट नागेश्वर महादेव–पार्वती मन्दिर, गणेश मन्दिर, शिव मन्दिर र गौशालासमेत स्थापना गरिएको छ । गाउँलेले मुख्य पुजारीका रूपमा पार्वतीलाई नै तोकेका छन् ।

घरेलु हिंसापीडितका लागि कानुन बन्दै

प्रदेश १ सरकारले घरेलु हिंसापीडित र प्रभावितलाई न्याय र संरक्षणका लागि कानुन बनाउन थालेको छ । सरकारले पीडितका लागि स्थायी हेरचाह केन्द्र निर्माणसहितको कानुन बनाउने तयारी थालेको हो ।
सामाजिक विकास मन्त्रालयले घरेलु हिंसापीडित र प्रभावितलाई दिगो संरक्षणका लागि कानुनै बनाएर स्थायी हेरचाह केन्द्रको स्थापना गर्ने तयारी थालेको मन्त्री जीवन घिमिरेले बताए । कानुनमा उचित क्षतिपूर्ति र परिपुरणको पनि व्यवस्था हुने उनको भनाइ छ । सोसम्बन्धी विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार विधेयक केही दिनमा नै प्रदेश सभामा पेस गरिनेछ । अहिले मस्यौदालाई अन्तिम रूप दिन सरोकारवालाहरूसँग छलफल चलिरहेको मन्त्रालयका अधिकारीले बताएका छन् ।
घरेलु हिंसाको अवस्था जटिल र गम्भीर भएकाले प्राथमिकता दिएर कानुन निर्माण गर्न थालेको सामाजिक विकासमन्त्री घिमिरेले बताए । उनले भने, ‘घरेलु हिंसापीडित बालबालिका, महिला वा पुरुष र प्रभावितलाई सम्मानजनक तवरले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न संरक्षण र परिपुरणको व्यवस्थासहित ऐन बनाउन थालिएको हो ।’
के छ मस्यौदामा ?
-घरेलु हिंसाको अभिलेख राख्ने
-तत्काल स्वास्थ्य परीक्षण गराउने
सबै स्थानीय संरक्षण अधिकृत राख्ने
-संरक्षण अधिकृतले पीडितलाई स्वास्थ्य सेवा, मनोविमर्श, सुरक्षा, आवास र कानुनी सहायता उपलब्ध गराउन सहयोग गर्ने
-उजुरी दिन नसक्नेको पक्षमा आफैँ उपस्थित भएर उजुरी दिने
-पीडितको पक्षमा अदालतले गरेको आदेश कार्यान्वयन गराउन समन्वय गर्ने
-घरेलु हिंसापीडित र जोखिममा रहेकालाई आवश्यक तालिम दिने
यसकारण स्थायी हेरचाह केन्द्र
कानुन निर्माण परामर्शदाता कोषराज न्यौपानेका अनुसार अधिकांश घरेलु हिंसापीडित घर तथा समाजमा तत्काल पुनस्र्थापना हुने अवस्थामा हुँदैनन् । त्यसैले सुरक्षित वास, पुनस्र्थापना केन्द्र वा स्थायी हेरचाह केन्द्रमा रहने पीडित र प्रभावितको खानपान, सुरक्षा, शिक्षाको जिम्मा सरकारले नै लिनु जरुरी हुन्छ । उनले भने, ‘दीर्घकालीन पुनस्र्थापना गृहमा रहेका पीडितलाई रोजगारमूलक सीपको विकासमा सहभागी गराएर आत्मनिर्भर बनाउने व्यवस्था पनि मस्यौदामा छ ।’

भाउजूलाई कोठामा यस्तो गरिरहेको देखेपछि देवरको होशै उड्यो



भाउजूलाई कोठामा यस्तो गरिरहेको देखेपछि देवरको होशै उड्यो

एजेन्सी । पैसाको आर्थिक तनावले मानिसलाई जे गर्न पनि बाध्य पार्छ ।तर, यहाँ घुम्नका लागि श्रीमानले सय रुपैयाँ कम दिँदा श्रीमतीले यस्तो कदम उठाएकी छिन् जसलाई सुनेर आश्चर्य नै लाग्छ । यो खबर जयपुरको कानोता थाना इलाकाको सन्तोष नगरको हो ।जहाँको विजयपुरा रोड निवासी भूमेश (जो मजदूरी गर्छन)की श्रीमती नीलमले चौथको बरवाडा जानका लागि श्रीमानसँग पैसा मागेकी थिइन् । श्रीमानले श्रीमतीलाई तीन सय रुपैयाँ दिए ।

तर, नीलमले चार सय रुपैयाँ चाहिने अडान राख्दा श्रीमानले अरु पैसा छैन् भने ।पैसा छैन भनेपछि नीलम रिसाएर आफ्नो माइतीघर जान्छु भन्न थालिन् । श्रीमानले सम्झाउँदा उनले मान्दै मानिन् । त्यसपछि भूमेशले नीलमका भाइसँग कुरा गरेर दिदीलाई सम्झाउन लगाए । भाइले सम्झाएपछि नीलमले अन्तिममा मानिन् र आफ्नो कोठामा आएर सुतिन् र सँगै भूमेश पनि सुतेका थिए ।

राति तीन बजे जब भूमेशको अचानक निद्रा खुल्यो तब नीलम कोठामा थिइनन् । उनी नीलमलाई खोज्न थाले ।समाचार अनुसार दोस्रो कोठाको भित्रबाट लक लगाइएको भेटिएपछि भूमेशले आफ्ना भाई र अन्य परिवारका सदस्य बोलाएर कोठाको ढोका फोडे । भित्र हेर्दा सबैको होशै उड्यो ।नीलमले आफ्नो साडीको फन्दा पंखामा लगाएर ज्यानै दिइन् । घटनाको सूचना पाउनेवित्तिकै पुलिस घटनास्थल पुगेर शवको पोस्टमार्टमका लागि अस्पताल लग्यो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ !! महत्वपूर्ण कुरा आज थाहा पाउनु होस



एजेन्सी । भनिन्छ, माया अन्धो हुन्छ । तर, यो खबर पढेपछि तपाईले भन्नुहुनेछ कि यहाँ प्रेम गर्ने दुवै जना अन्धा थिए ।

यो घटना बिहारको भागलपुर जिल्लाको हो, जहाँ ३५ वर्षिया चार बच्चाकी आमा एक नाबालकसँग प्रेममा परिन् । तर ती दुईको उक्त प्रेम-सम्बन्ध धेरै दिन लुक्न सकेन र महिलाको परिवारले पनि थाहा पाए ।

महिलाका घरका सबै सदस्यहरु कुनै विशेष कामका लागि बाहिर गएका थिए । त्यसपछि उनले आफ्ना प्रेमीलाई घर बोलाइन् । तर उक्त महिलाको घर गइरहेको छिमेकीले देखे र त्यसको जानकारी उनको घरमा लगाइदिए ।

महिलाको परिवार घरमा आइपुग्दा त्यहाको अवस्था सोचेको भन्दा फरक थियो । घरको कोठाबाट महिला र नाबालक रंगेहात समातिए ।

अनैतिक हर्कतपछि स्थानीय मानिसले उनीहरुलाई कुटपिट गरे । नजिकैको प्रहरी कार्यालयले यस घटनाको जानकारी पाएपछि प्रहरीले स्थानीयको हातबाट उनीहरुलाई बचाएर प्रहरी चौकी लगे । उक्त घटनाको छानविन भइरहेको छ ।

यौन जिवनसँग जोडिएका केही कानून, जो विश्वासै लाग्दैन !



यौन जिवन भनेको एउटा यस्तो विषय हो जसका विषयमा कुरा गर्न जो कोही पनि हिच्किचाउँछ । पूर्वीय सभ्यताका देशहरुको समाजमा यौनको विषयमा खुल्ला बहस अलिक बर्जित नै छ । तर हाम्रोजस्तो देशमा मात्र होइन पश्चिमा देशहरुमा पनि ठाउँ हेरिकन यौनको विषयमा कतिपय कडा र अनौठा नियम कानून छन् ।

यौनको विषयमा विश्वका केही देशमा रोचक तथा कडा कानून छन् जो सुन्दैमा विश्वासै लाग्दैन ।

अमेरिकाको पश्चिमी प्रशान्त सागरस्थित गुआममा पुरुषहरुको होलटाइम जागिर भन्नु नै पूरै राज्यमा घुम्नु र भर्जिन युवतीहरुकेा कौमार्य भंग गर्नु हो । यसमा उनीहरुलाई कानूनी छुट छ ।

बेलायतको लण्डनमा पार्किङ गरिएको मोटरसाइकलमा सहवास गर्नु बर्जित छ । यसो गर्नु अपराधको सूचिमा राखिन्छ र जेल सजाय समेत हुन्छ ।
इण्डोनेसियामा सार्वजनिक स्थानमा हस्तमैथुन गरेको पाइएमा शिर छेदन गरेर मृत्युदण्ड दिइने सम्मको कानून रहेको छ ।

बहराइनमा पुरुष डाक्टरहरुका लागि मेडिकल जाँचका बेला महिलाहरुको यौनांग हेर्न छुट छ तर सिधा आँखाले महिला यौनांग हेर्न भने पाइँदैन । डाक्टरहरुले ऐनामा मात्र महिलाको यौनांग हेरेर आवश्यक उपचार गर्न पाउँदछन् ।

लेबनानमा यदि कोही पुरुषले कुनै भाले जनावरसँग सेक्स गरेको पाइयो भने उसलाई मृत्युदण्डको सजाय हुनसक्छ । तर यदि जनावर पोथी रहेछ भने कुनै सजाय हुँदैन ।

अमेरिकाको वासिंटनमा जनावरसँग मानिसले सेक्स गर्नु कानूनी मान्यता प्राप्त छ । तर यसका लागि जनावरको वजन कम्तिमा ४० पाउण्ड हुनुपर्छ ।

बोलिभियाको सान्टाक्रुजमा कोहीपनि पुरुषले एकै ठाउँमा एकैपटकमा आमा र छोरीसँग यौनसम्पर्क गर्नु कानूनी रुपमा अपराध मानिन्छ । तर छुट्टा छुट्टै ठाउँमा र फरक फरक समयमा आमा र छोरीसँग यौन सम्पर्क गर्न भने पाइन्छ ।

मोन्टानाको बोजम्यानमा सुर्यास्तपछि घरमा सबै प्रकारका यौन गतिविधि गर्नमा प्रतिबन्ध रहेको छ ।
अमेरिकाको नेभादामा पत्नीको अलावा अरु कुनै महिलासँग विना कण्डम यौन सम्पर्क गर्नु कानूनी रुपमा अपराध हो ।

अमेरिकाको एरिजोनामा मुखमैथुन गैरकानूनी छ । यद्यपि यसको पालना भने हुन सक्दैन ।
कतिपय मध्यपूर्वका देशमा इस्लामिक कानून अनुसार भेडासँग सेक्स गर्ने मानिसलाई सजायको रुपमा भेँडाकै मासु खानुपर्छ ।-एजेन्सी

महानायक हमालको प्रयास सफल ! खुशी हुँदै हमालले सार्वजनिक गरे यस्तो



नेपाली फिल्म जगतमा दाहोरिइरहने नाम हो राजेश हमाल। ढिलो बिहे गरेका उनीमाथि विभिन्न गसिप बनिरहन्छन्। विराटनगरकी मधु भट्टराईसँगको विवाहपछि उनको गसिपमा केही कमी त आयो तर थप प्रश्न रोकिएन, ‘कहिले बाबु बन्ने?’ तर राजेशले यो प्रश्नको जवाफ सांकेतिक रुपमा इन्स्टाग्राममार्फत दिएका छन्।

नायक हमालले आफ्नो इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै आफू अभिभावक बन्न लागेको संकेत गरेका हुन्। उनले इस्टाग्राममा मधु र आफू सँगै भएको फोटोसँगै लेखेका छन्– हमाल राजेश 1+1= ?

राजेशको यस प्रश्नवाचक चिह्नले के संकेत गर्दछ! उनका सबै दर्शक तथा शुभचिन्तकका लागि यो विषय निकै चासोको विषय बनिरहेको छ। तर राजेशको यस सांकेतिक प्रश्नलाई आधार मानेर शुभचिन्तकहरुले भने धमाधम शुभकामना र बधाई दिन थालेका छन्।

बैशाख,१९/ नेपाली फिल्म जगतमा दाहोरिइरहने नाम हो राजेश हमाल। ढिलो बिहे गरेका उनीमाथि विभिन्न गसिप बनिरहन्छन्। विराटनगरकी मधु भट्टराईसँगको विवाहपछि उनको गसिपमा केही कमी त आयो तर थप प्रश्न रोकिएन, ‘कहिले बाबु बन्ने?’ तर राजेशले यो प्रश्नको जवाफ सांकेतिक रुपमा इन्स्टाग्राममार्फत दिएका छन्।

नायक हमालले आफ्नो इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै आफू अभिभावक बन्न लागेको संकेत गरेका हुन्। उनले इस्टाग्राममा मधु र आफू सँगै भएको फोटोसँगै लेखेका छन्– हमाल राजेश 1+1= ?

राजेशको यस प्रश्नवाचक चिह्नले के संकेत गर्दछ! उनका सबै दर्शक तथा शुभचिन्तकका लागि यो विषय निकै चासोको विषय बनिरहेको छ। तर राजेशको यस सांकेतिक प्रश्नलाई आधार मानेर शुभचिन्तकहरुले भने धमाधम शुभकामना र बधाई दिन थालेका छन्।