अब ४५ मिनेटपछि सुरु इंल्याण्ड र पानामाबीचको खेल, इंल्याण्डलाई हराएर इतिहास रच्ने पानामाको योजना
विश्वकप फुटवलमा आज इंल्याण्ड र पानामाबीच खेल हुँदैछ । आज पाँच बजेर ४५ मिनेटपछि सुरु हुने खेलमा इंल्याण्ड र पानामाबीच खेल हुन लागेको हो । रुसमा जारी विश्वकपको पहिलो खेलमा ट्युनिसियालाई पाखा लगाएको इंग्ल्याण्डले बेल्जियमसँग ३—० ले पराजित भएको पानामासँग खेल्न लागेको हो ।
समूह ‘जी’ मा ट्युनिसियाविरुद्ध हृयारी केनले ११ औं मिनेटमा गरेको गोलले अग्रता बनाए पनि इंग्लाण्ड ३५ औं मिनेटमा बराबरीमा पुगेको थियो । केनले नै थपिएको समयमा गोल गर्दै अघिल्लो चरणको सम्भावना बलियो बनाएका थिए ।
चार लाख जनसंख्या रहेको पानामा विश्वकपसम्म आइपुग्नु नै ठूलो उपलब्धी हो । यस्तोमा राम्रा मानिएका टोलीविरुद्ध चुनौती पेश गर्न सके पानामाको विश्वकप सार्थक हुनेछ ।
पहिलो खेलमा कमजोर बनेको पानामाका लागि इंग्ल्याण्डको युवा टोलीलाई रोक्ने चुनौती छ । इंग्ल्याण्डले जित निकाले अन्तिम १६ मा स्थान पक्का हुनेछ । पानामाको डिफेन्स लाइन र उत्कृष्ट थ्रोइङ इंग्ल्याण्डका लागि चिन्ताको विषय बनेको छ । पानामाका डिफेन्डर एडोल्फो माचाडोको उत्कृष्ट थ्रोइङ फ्री किक बराबर हुन्छ ।
बेल्जियम र इंग्ल्याण्ड जस्तो राम्रो मानिएको समूहमा पानामा आफ्नो पहिलो विश्वकपमा छ । फिफा वरियतामा ५५ औं स्थानमा रहेको पानामा अन्तिम छनोट खेलमा कोस्टारिकालाई २—१ ले हराएर विश्वकपमा आएको हो ।
सन् २०१४ को विश्वकप र २०१६ को युरोकप हेर्दा इंग्ल्याण्ड टिमको आलोचना हुने गरे पनि यो पटक निकै भिन्नता देखिएको छ । विश्वकपमा इंग्ल्याण्ड ६ पटक क्वार्टरफाइनल र १ पटक सेमिफाइनलमा पराजित भएको छ ।
विश्वकप छनोटमा इंग्ल्याण्डले ८ खेल जितेको थियो भने दुई खेल बराबरी गरेको थियो । जसमा १८ गोल गरेको इंग्ल्याण्डले ३ गोल खाएको थियो । इंग्ल्याण्डले अहिलेसम्म विश्वकपमा २७ खेल जितेको छ ।
२० खेल बराबरी गरेको छ । १६ खेल हारेको छ । जसमा ८१ गोल गरेको छ भने ५७ गोल खाएको छ । पानामाले पछिल्लो ११ खेलमा एक खेल मात्रै जितेको छ । दुई खेल बराबरी गरेको छ भने ८ खेल हारेको छ । पानामाले विश्वकप छनोटमा ३ खेल जितेको थियो । ४ खेल बराबरी गरेको उसले ३ खेल हारेको थियो । जसमा ९ गोल गरेको थियो भने १० गोल खाएको थियो ।
यसपटक युवा टोली लिएर विश्वकप खेलिरहेको इंग्ल्याण्डले सन् १९५० बाट विश्वकप खेल्न थालेको हो । इंग्ल्याण्डले सन् १९६६ को विश्वकप जितेको थियो । त्यसपछि आधुनिक फुटबलमा इंग्ल्याण्डको चर्चा भइरहे पनि विश्वकपमा उल्लेख्य खेल देखाउन सकेको छैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment