काठमाण्डौमा मौलाउँदै अनलाइन वेश्यालय: कलेज गर्ल देखि मोडेल सम्म छन यसमा ! खासै महंगो पनि छैन ! कतिपर्छ एकरातको ?



काठमाण्डौमा यसरि मौलाउदै ई–वेश्यालय, कलेज गर्ल देखी मोडलसमेत एक रातको १० हजारदेखि पचास हजारसम्मप्रविधिको पहुँच र यसको दु्रत विकासले मानव जीवनका धेरै पक्षमा सहयोग पुगेको छ तर यही प्रविधिमा सरकारी निकाय र प्रहरीको पकड मजबुत नहुँदा विकृतिले समेत जरा गाडेको छ ।काठमाण्डौमा मौलाउँदै अनलाइन वेश्यालय: कलेज गर्ल देखि मोडेल सम्म छन यसमा ! खासै महंगो पनि छैन ! कतिपर्छ एकरातको ?

पछिल्लो केही वर्षदेखि इन्टरनेटबाटै सञ्चालित वेश्यालयका विषयमा दीपक खरेलले खोजीनीति गरेका छन् ।उनी पेशाले ‘क’ श्रेणीको बैंकका सहायक प्रबन्धक हुन् । अविवाहित उनी शनिबारका दिन उनले रोजेका मान्छेसँग उनकै रोजाइको स्थानमा बित्ने गर्छ ।

केही दिनअघि दरबारमार्गको एउटा रेस्टुराँमा उनी आफ्ना साथीहरुलाई नेपाली समाजमा लगभग नौलो ई–वेश्यालयका विषयमा बताउँदै थिए ।आफूले फोटो हेरेर मान्छे र रकम तय हुने र आफूले बोलाएको स्थानमा आउने भएका कारण प्रहरीको कुनै झन्झट नहुने उनी सुनाउँदै थिए ।कलेज गर्ल र मोडलसमेत छन्, एक पटक मेम्बर बनेपछि डिस्काउन्ट पनि छ तर पहिलो पटक निकै सोधखोज हुन्छ,’ उनले सुनाउँदै थिए ।

काठमाडौँ, पोखरा र चितवनजस्ता प्रमुख पर्यटकीय सहरलाई लक्षित गरी हाल ई–वेश्यालय सञ्चालनमा रहेको पछिल्लो प्रमाण केही दिनअघि दरबारमार्गको एउटा रेस्टुराँमा सुनेको वार्तालाप मात्र थिएन । अहिले इन्टरनेट सर्फ गर्दा पुरुष तथा महिला यौन व्यवसायीको लामो सूची र रेटसहितका विभिन्न साइट भेटिन्छन् । यौन व्यवसायले सरकारी मान्यता पाएका देशमा प्रचलित एस्र्कट सर्भिसले नेपालमा समेत जरा फैलाइरहेको देखिएको छ । नेपालमा अश्लील सामग्री र क्रियाकलाप कानुनी तहमा वर्जित भए पनि यसमा संलग्न ठूलो गिरोहले गोप्य रुपमा व्यवसाय सञ्चालन गरिरहेको छ ।

एस्र्कट सर्भिस के हो ?

यौन व्यवसायले कानुनी मान्यता पाएका देशमा यौन व्यवसायमा संंलग्न व्यक्ति र संस्थाले आधिकारिक रुपमा सञ्चालन गरेको व्यवसायलाई एस्र्कट सर्भिस भनिन्छ । एस्र्कट सर्भिस सञ्चालक र एकल व्यक्तिले विद्युतीय माध्यम वा पर्चा पम्पलेटमार्फत आफूले उपलब्ध गराउने सेवाका विषयमा अनुमति लिएर प्रचारप्रसार गर्न सक्छन् ।

यौन व्यवसायीको विषयमा तस्बिरसहित सम्पूर्ण विवरण एस्र्कट सर्भिस प्रदायकले उपलब्ध गराउँछन् । यौन व्यवसायीको यौन स्वास्थ्य, उपलब्ध हुने समय र स्थानका साथै लाग्ने रकमका विषयमा पूर्व जानकारी गराउने मुख्य कार्य एस्र्कट सर्भिसले गर्छ । ग्राहकको सुरक्षाका विषयमा समेत सेवा दिने एजेन्सी जिम्मेवार हुने भएकाले विदेशमा अधिक मुनाफा भएको यो व्यवसाय संस्थागत र मर्यादित छ । यसका संलग्न सञ्चालक र व्यवसायीले सरकारलाई कर बुझाउने भएकाले सरकारी निकायसमेत सहयोगी भएर व्यवसाय सञ्चालन भइरहेको हुन्छ ।

एस्र्कट सर्भिसले विद्युतीय माध्यमअन्तर्गत इन्टरनेट र टेलिफोन सेवामार्फत सेवाका विषयमा जानकारी उपलब्ध गराउने गर्छन् । सरकारी निकायले यौन व्यवसायीको स्वास्थ्य र यससँग जोडिएका अपराध निरुत्साहित गर्न सर्भिस सहायक भएको भन्दै मान्यता दिँदैआएका छन् । यौन व्यवसायी वा एजेन्सीले सञ्चालित देशको विद्यमान कानुन उल्लंघन गरेमा वा ग्राहकले कुनै गुनासो गरेमा कारबाहीका लागि समेत नियमक निकाय तत्काल सक्रिय रहने भएकाले यसको विश्वसनियता उच्च हुन्छ ।नेपालको हकमा भने यौन व्यवसाय कानुनी रुपमा अपराध भएका कारण यस्तो व्यवसाय र सार्वजनिक प्रचारप्रसार दण्डनीय मानिएको छ ।

के हो ई–वेश्यालय ?

यौन व्यवसायले आधिकारिक मान्यता पाएका देशहरुमा मेल र फिमेल एस्कर्ट सर्भिस नै नेपालमा गोप्य रुपमा सञ्चालित ई–वेश्यालय बनेका छन् । इन्टरनेटमा निश्चित वेबसाइट र फ्रि स्पेस दिने ब्लग साइटमा हाल विभिन्न नामले यस्ता वेश्यालय सञ्चालनमा छन् । वेश्यालयको इन्टरनेट साइटमा आवश्यक विवरण भरेपछि सदस्य बन्न पाइन्छ । यसरी सदस्य भइसकेपछि सञ्चालक पूर्ण विश्वस्त भएका खण्डमा देह व्यवसायीका तस्बिर र तिनका लागि गर्नुपर्ने खर्च रकम उपलब्ध गराइन्छ । आफूले चाहेको व्यक्तिका लागि आवश्यकताअनुसार सञ्चालकले पहिलो पटक भारतीय र नेपाली नम्बरबाट फोन गर्छन् । एक पटक ग्राहक भइसकेपछि एउटा विशेष नम्बर उपलब्ध गराउने गर्छन् ।

ई–वेश्यालय यसरी चल्छ

नेपालमा सञ्चालित ई–वेश्यालयका सञ्चालक नेपाली र भारतीयको संयुक्त लगानी रहेको स्रोतको दाबी छ । भारतको सिक्किम, दार्जिलिङ र हरियाणा तथा नेपालका सञ्चालक रहेको ई–वेश्यालयले यौन व्यवसायमा संलग्न पुराना तथा नयाँ महिला तथा पुरुषका लागि ग्राहक खोज्ने काम गरिरहेका छन । सञ्चालकको सम्पर्कमा रहेका यौन व्यवसायी र केही मोडेल तथा कलेजका विद्यार्थीसमेत सञ्जालमा छन् ।सञ्चालकले अनुहार प्रस्ट नदेखाई यस्ता महिला तथा पुरुषका तस्बिर आफ्नो साइटमा सार्वजनिक गरेका छन् । ग्राहकले रोजेको फोटोको निश्चित दर तोकिएको छ । भुक्तानीका लागि युवती वा युवकसँगै एकजना व्यक्तिसमेत हरदम रहने गर्छ । पहिला युवती वा युवकसँगै आउने व्यक्तिलाई भुक्तान गरेपछि आफूले रोजेको व्यक्ति लैजान पाइन्छ ।

संगठित र ठूलो आर्थिक लाभ

नेपालमा सञ्चालित ई–वेश्यालय संगठित र संस्थागत रहेका छन् । नेपाल आउने भारतीय तथा तेस्रो देशका पर्यटकलाई लक्षित गरिए पनि हाल यस्ता वेश्यालयका ग्राहक नेपाली नै बढिरहेका छन् । इन्टरनेटमा सिपालु र दक्ष व्यक्तिलाई एडमिन बनाएका कारण कुनै नक्कली ग्राहक साइटमा प्रवेश गर्न खोजे तुरुन्तै रोक्ने र केही मिनेटमै साइट नै बन्द गर्ने गरेका छन् ।दरबार मार्ग क्षेत्रमा भेटिएका ठूला व्यक्तिका लागि युवतीको सम्पर्कसूत्र रहेका एक व्यक्तिले भने, ‘ठूलो गिरोह छ, कलेजका केटीहरु सुरुमा रहरले पछि बाध्यताले यस्ता सञ्जालमा फँसेका छन् । पाँचतारे होटलमा आउने ग्राहक उनीहरुको पहिलो रोजाईमा पर्ने गरेका छन् ।’ केही वर्षअघि प्रहरीले कारबाही चलाएका कारण यस किसिमको सुविधा केही समय बन्द भएको र हाल पुनः सञ्चालनमा रहेको उनको भनाइ छ ।

सात वर्षअघि कारवाही

महानगरीय प्रहरी परिसर काठमाडौँले सात वर्षअघि यस्तै ई–वेश्यालयविरुद्ध कारवाही थाले पनि मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै बीचमै रोकिएको थियो । प्रहरीमा आधिकारिक रेर्कड नै नभएको उक्त कारबाहीमा प्रहरीले वाकिटकी सहितको एउटा भारतीय गाडी फेला पारेपछि ई–वेश्यालयमा ठूलो गिरोह सक्रिय रहेको खुलासा भएको थियो ।
परिसरले त्यसबेला केटिएम इस्र्कट डट कम नामक साइटमार्फत भइरहेको वेश्यावृत्तिविरुद्ध कारबाही थालेको थियो । त्यसबेला प्रहरीले व्यवसायमा संलग्न एक युवतीमार्फत् विशालनगरमा रहेको फ्ल्याटमा छापा मार्दा व्यवसायी भारतको सिक्किमका रहेको पत्ता लगाएको थियो । पक्राउ परेकी युवतीले प्रहरी बयानमा सञ्चालकले काठमाडौँका विभिन्न स्थानमा आफैँ फ्ल्याट भाडामा लिएर व्यवसाय सञ्चालन गरेको र आफूलाई सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको नातेदार भएको बताएकी थिइन् ।

प्रहरीका अनुसार बर्दियाबाट उच्च अध्ययनका लागि आएकी ती युवतीजस्तै सञ्चालकको सम्पर्कमा सयौँ युवती थिए । काठमाडौँका विशालनगर र बौद्धबाट यस तरिकाको देह व्यापार सञ्चालन भइरहेको थियो । सञ्चालकले पेजमा नेपाल र भारतको नम्बर सार्वजनिक रुपमै राखेर धन्दा गरिरहेका थिए । प्रहरीले करिब चार महिना मुख्य अभियुक्त पक्राउ गर्ने प्रयास गरे पनि अन्त्यमा बरामद गाडी भन्सारमा बुझाएर घटनाको फाइल बन्द गरेको थियो ।

को हुन् सञ्चालक

प्रहरीले नेपालका विभिन्न स्थानमा रहेका होटल, लज र साना–साना वेश्यालयमा छापा मारेर ग्राहक तथा व्यवसायीलाई बारम्बार पक्राउ गरे पनि संगठित रुपमा सञ्चालित ठूला वेश्यालयसम्म पुग्न सकेको छैन । प्रहरीसँग ई–वेश्यालयका विषयमा सात वर्षअघि काठमाडौँको घटनाबाहेक अन्य कतै कुनै कारबाहीको रेकर्ड छैन ।
यौन व्यवसायमा मिडिल म्यानका रुपमा सक्रिय व्यक्तिहरुका अनुसार यस्तो व्यवसायको आवरणमा केही मिडिल म्यान देखिए पनि भित्र ठूला र प्रतिष्ठित व्यक्तिसमेत सक्रिय छन् । दैनिक एक ग्राहकबाट १० हजारदेखि पचास हजारसम्म (एक सयदेखि पाँचसय अमेरिकी डलर) सम्म रकम असुल्ने र दैनिक पचासदेखि डेढसयसम्म ग्राहक भएका कारण व्यवसायमा ठूलो आर्थिक चलखेल भइरहेको सूत्र बताउँछ ।

नाम नबताउने शर्तमा एक ‘मिडिलम्यान’ भन्छन्, ‘व्यवसायिक कामले नेपाल आउने भारतीय र तेस्रो देशका पर्यटक हिजोआज मलाई सम्पर्क गर्दैनन्, मेरो नेटवर्क उता सरेको छ । पैसा आउने भएपछि को पछि पर्दोरहेछ र ?’ उनका अनुसार प्रहरीका केही उच्च हाकिम समेत ई–वेश्यालयका विषयमा जानकार रहे पनि कारबाहीमा देखिएको उदासिनताले शंका उत्पन्न भएको छ स्रोतका अनुसार पछिल्लो समय नेपाल र भारतका क्यासिनोमा लगानीकर्ता र सञ्चालक बनेका व्यक्तिले बनाएका भारतीय सम्पर्कसूत्रमार्फत् यतिबेला नेपाल र भारतमा ई–वेश्यालय सञ्चालन भइरहेका छन् । नेपाली युवतीलाई सञ्चालकले भारतका विभिन्न सहरमा लैजाने र भारतीय युवतीलाई नेपालमा ल्याएर अवैध व्यवसाय सञ्चालन भइरहेको छ ।ग्राहकको डिमान्डअनुसार युवतीहरु नेपाल र भारत जाने आउने भइरहेका छन्, भारतमा हरियाणा र दिल्ली तथा नेपालमा काठमाडौँ र पोखरा मुख्य हब बनेको छ,’ स्रोतले बतायो । एउटा ल्यापटप र इन्टरनेटको पहुँच भएको स्थानबाट एउटा व्यक्तिले व्यवसायको सम्पूर्ण चाँजोपाँजो मिलाउने भएकाले नेपाल र भारत दुवैमा अति गोप्य रुपमा व्यवसाय सञ्चालन भइरहेको स्रोत बताउँछ ।

भाइबर, म्यासेन्जर, ह्वाट्सएप र विच्याटमार्फत कारोबार

ई–वेश्यालयको कारोबारका लागि पछिल्लो समय सञ्चालनमा रहेका र प्रचलित विद्युतीय सम्पर्क माध्यम भाइबर, फेसबुक म्यासेन्जर, ह्वाट्सअप र विच्याट सहायक र सहयोगी बनेका छन् । वेश्यालयको साइटमार्फत ग्राहक भइसकेका व्यक्तिसँग यस्ता विद्युतीय सम्पर्क माध्यममार्फत सञ्चालक र व्यवसायीबीच सम्पर्क रहने भएका कारण प्रहरीबाट सुरक्षित मानिएको छ । कुनै पनि समय बन्द गर्न सकिने र सजिलै पुन खोल्न सकिने भएकाले कसैमाथि शंका लागेमा र खतरा देखेमा तुरुन्त बन्द हुने गरेको हो ।

No comments:

Post a Comment