इएल क्लासिको किन हेर्नुपर्छ –बार्सिलोनाको दृष्टिकोण



एजेन्सी । २०१७/२०१८ को सिजन अन्त्य हुन लाग्दा विश्व फुटबलका २ खेललाई विशेष महत्वका साथ हेरिएको छ ।

पहिलो ला लिगामा हुने इएल क्लासिको भिडन्त, अर्को रियल मड्रिड र लिभरपुलबीच हुने च्याम्पियन्स लिग फाइनल । मे ७ अर्थात आगामी हप्ताको सोमबार निकैनै प्रतिस्पर्धात्मक इएल क्लासिको भिडन्त हुँदैछ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउँमा हुनेछ ।

बार्सिलोना र मड्रिडबीचको खेल किन हेर्नुपर्छ, केहि कारणहरु ।

१. यस खेलले को उत्कृष्ट टोली भनेर पुष्टि गर्छ । बार्सिलोनाले ला लिगा उपाधि ४ खेल अगावै जितिसकेको छ । अर्कापट्टि रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । यसअघि भएको सिजनको पहिलो ला लिगा भिडन्तमा मड्रिड बार्सासँग ३–० ले हारेको थियो ।

२. बार्साका मिडफिल्डर आन्द्रे इनियस्टाको यस इएल क्लासिको आफ्नो जिवनकै अन्तिम प्रतिस्पर्धा हो । ३७ पटक इएल क्लासिको अनुभव गरेको जादुइ खेलाडी इनियस्टाको अन्तिम इएल क्लासिको रोमान्चक हुने अनुमान गरिएको छ ।

३. यस खेलले पीचीची अवार्ड कसले पाउने भन्ने निर्णारण गर्नेछ । मेस्सी ला लिगामा ३२ गोल सहित ला लिगाको सर्वाधिक गोलकर्ताको शिर्ष स्थानमा छन् । मेस्सीलाई मड्रिडका रोनाल्डो र बार्साकै स्वारेजले क्रमश २४ र २३ गोलले पछ्याइ रहेका छन् ।

४. यस सिजन ला लिगाको ३४ खेल खेलिसक्दा बार्सिलोना कुनै खेलमा हारेको छैन् । मड्रिडविरुद्ध बार्सा खेल नहार्ने हिसाबले मैदानमा उत्रदै छ । गत सिजन र यस सिजन गरी बार्सा ला लिगाको ४१ खेलमा हारेको छैन् ।

५. विश्वका दुई फुटबल हस्तीहरु मेस्सी र रोनाल्डो एकै मैदानमा एक अर्का विरुद्ध मैदानमा उत्रदैछन् । त्यसैलेपनि खेल हेर्नैपर्ने फुटबल विश्लेषक हरु बताउँछन् ।

६. सन २०१४–१५ को सिजनदेखि बार्साले आफ्नो घरेलु मैदानमा मड्रिडलाई जित्न सकेको छैन । यस खेलमा बर्सा जितका लागि मड्रिड विरुद्ध मैदान उत्रदैछ ।

७. दुवै तिर उत्कृष्ट खेलाडीहरु भएका कारण खेल प्रतिस्पर्धात्मक र मान्चक हुने अनुमान गरिएको छ ।

८. स्पेनको राजिनीतिक वातावरण यतिबेला धमिलिएको छ । बार्सिलोना शहर क्याटालोनियाभित्र पर्दछ । क्याटालोनिया राज्यलाई स्वतन्त्र बनाउने हिसाबले बेला खबत राजनितीक दंगा स्पेनमा हुने गर्दछ ।

स्पेनको राजधानी मड्रिड बार्सिलोनालाई दबाउन खोज्छ तर क्याटालोनियाका मानिरहरु स्पेन सरकारविरुद्ध आन्दोलन गर्छन् । यस खेलमा राजनितीक खटपट झल्किन सक्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment